चन्द्रागिरीको ट्वाटीपाखामा प्रेसर कुकर बम भेटियो, नेपाली सेनाद्वारा निष्क्रिय
काठमाडौं, वैशाख ३१ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ ट्वाटीपाखास्थित पिपलबोट चौतारामा प्लाष्टिकको झोलामा राखेको अवस्थामा प्रेशर कुकर बम फेला परेको छ । आइतबार फेला परेको कुकर बम नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रीय पारेको काठमाडौं प्रहरीले जनाएको छ । यसैबिच भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित मदनसुन्दर श्रेष्ठको घरको सटर अगाडि खतरा लेखिएको पोकाभित्र आइतबार सकेट बम फेला परेको छ । फर्सीमा राखिएको सकेट बम नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल सहितको टोलीले निष्क्रिय बनाएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए । त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका–४ समाजकल्याण चोकस्थित अरनिको राजमार्गमा सकेट बम जस्तो देखिने तार सहितको बस्तु फेला परेको छ । घट्नास्थलमा तत्काल प्रहरी टोली खटिएको र नेपाली सेनासँग समन्वय गरी शान्ति मिसन तालिम केन्द्र पाँचखालमा राखेर उक्त शंकास्पद बस्छु निष्क्रिय पारिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसैबिच दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ बिन्द्रासैनीमा खतरा लेखेको बोतल बम फेला परेको छ । स्थानिय निर्वाचन प्रभावित गर्नेगरी राखएिको उक्त बम नेपाली सेनाले निष्क्रिय बनाएको छ । यसरी ठाउँठाउँमा बिष्फोटक पदार्थ राख्ने व्यक्तिहरुको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण