बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सात बजेपछि मात्रै सवारी चलाउन पाइने

आइतबार, ३१ वैशाख २०७४, १७ : ३३
आइतबार, ३१ वैशाख २०७४
काठमाडौं, वैशाख ३१– स्थानीय तहको निर्वाचनका लागि रोक लगाइएको सवारी साधन बेलुका ७ बजेपछि मात्रै सञ्चालन गर्न पाइने भएको छ । मतदानको समय ५ बजे नै सकिए पनि बेलुका ७ बजेपछि मात्रै सवारी सञ्चालन गर्न दिइने भएको हो । आइतबार मतदान हुने तीन वटै प्रदेशमा विहान ५ बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो । सवारी सञ्चालनमा रोक लगाएपछि काठमाडौंसहितका आइतबार मतदान भएका क्षेत्रमा सडक सुनसान हुनुका साथै बजार समेत बन्द भएका थिए । दिनभरी बन्द रहेका काठमाडौंका पसलहरु बेलुकादेखि खुल्न थालेका छन् । मतदान सकिएपछि सडकमा चहलपहल बढेको छ । आयोगले सात बजेदेखि यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप