माओवादी कार्यकर्ता मारिएको मेथिनकोटको निर्वाचन स्थगित
आइतबार, ३१ वैशाख २०७४, १७ : ४४
काठमाडौं, वैशाख ३१– काभ्रेपलाञ्चोकको नमोवुद्ध नगरपालिका–४ मेथिनकोटको निर्वाचन आइतबार हुन सकेन । शनिवार राती १० बजे अज्ञात समूहको गोली प्रहारबाट माओवादी केन्द्रका कार्यकर्ता नवराज पाठकको मृत्यु भएपछी मेथिनकोटको निर्वाचन हुन नसकेको हो ।
‘अहिले नमोबुद्ध नगरपालिका ४ नम्बर वडाको मतदान कार्यक्रम स्थगित भएको छ’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले रातोपाटीसँग भने, ‘राजनीतिक दलहरुसँग सहमति भएपछि अर्को मितिमा मतदान हुन्छ ।’
मेथिनकोटबाहेक जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाहरुमा उत्साहजनक रुपमा मतदान कार्य सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सिंखडाले जानकारी दिए ।
‘प्रारम्भिक रिपोर्ट अनुसार करिब ७५ प्रतिशत मत खसेको छ’ प्रजिअ सिंखडाले भने, ‘निकै उत्साहजन रुपमा स्थानीय निर्वाचन सम्पन्न भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण