दुर्घटनामा एक जनाको मृत्यु, दश घाइते
आइतबार, ३१ वैशाख २०७४, १७ : ५०
इनरुवा, वैशाख ३१– सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आइतबार बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६४३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बि आर ४३ पी १२७१ नम्बरको स्कारपिओ एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।
गम्भीर घाइते भएका सबैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण