मतदान गर्न किरियापुत्री बसेका पनि पुगे
काठमाडौँ, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा वासुकीनगर, सिद्धमार्ग, कोटेश्वरका किरियापुत्री अर्जुनबहादुर बस्नेतले नवज्योति स्कुल मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन् । उनका बुबा लोकबहादुरको ९२ वर्षका उमेरमा यही वैशाख २३ गते निधन भएपछि उनी बुबाको किरियामा छन् । किरीयापुत्रीसँगै उनकी श्रीमती शान्ता र छोरा इन्जिनियर असिमसिंहले पनि मतदान गरे । मतदानका लागि अर्जनु आफ्नो घरबाट ५ मिनेटको दूरीमा रहेको मतदान केन्द्रसँग हिँडेर पुगेको पत्रकार बलराम प्यासीले जानकारी दिए ।
आफू किरियामा बसे तापनि बीस वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले आफूले र आफ््नो परिवारले आफ्ना अमूल्य मतको प्रयोग गर्ने मौकाको सदुपयोग गरेको बताए।
त्रिदेवीनगरमा तिम्ल्याहा कामपा–३२ त्रिदेवीनगर, कोटेश्वरका तिम्ल्याहा दिदीबहिनीले स्थानीय तहको निर्वाचनमा सूर्यकोट मतदान केन्द्र कोटेश्वरबाट मतदान गरेका छन् । यसअघि संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा उनीहरुले भाग लिइसकेका छन् । कोटेश्वरमा २२ वर्षअघि जन्मिएका श्रद्धा, कुसुम र अञ्जलिसिंह वनका नाउँमा कोटेश्वरचोकबाट ललितपुरतर्फ जाने चक्रपथको पूर्वीतर्फको ठूलो बस्तीलाई कामपाले विसं २०५२ जेठ १४ गते ‘त्रिदेवीनगर’ नामकरण गरेको बताइएको छ ।
त्यस्तै सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका किरियापुत्री दाजुभाइले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् ।
आफ्नो स्व पिता कृतिप्रसाद न्यौपानेको किरिया बसिरहेका रामकुमार न्यौपाने र लक्ष्मीप्रसाद न्यौपानेले आफ्नो गाउँभन्दा डेढ कोस टाढा रहेको कामदा मावि डुँड्भञ्ज्याङ मतदान केन्द्रमा गई मतदान गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण