काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइयो
आइतबार, ३१ वैशाख २०७४, १८ : ४७
काठमाडौं, वैशाख ३१– स्थानीय तह निर्वाचनअन्र्तगत पहिलो चरणमा भएको काठमाडौंको मतदानपछि मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएका छन् । मतदान सम्पन्न भएपछि काठमाडौं महानगरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका राष्ट्रिय सभागृहमा ओसारिएको हो ।
नेपाल प्रहरीले प्रयोग गरेको बस, ट्रक तथा भ्यानमा मतपेटिका ओसारिएको हो । अधिकांश मतपेटिका सभागृहमा केन्द्रित गरिसकिएको छ । महानगरका सबै मतपेटिका केन्द्रित गरिएपछि आइतबार बेलुकाबाट नै मतगणना शुुरु गरिने बताइएको छ । निर्वाचन अधिकृतहरुले उम्मदवारहरुसँग छलफल गरेपछि मतगणना कतिबेलादेखि शुरु गर्ने निश्चित हुनेछ ।
स्थानीय तह निर्वाचन अन्र्तगत आइतबार प्रदेश ३ ,४ र ६ मा बिहान ७ बजेदेखि मतदान भएको हो । मतदानका लागि बिहान ७ बजे देखि सांझ ५ बजे सम्मको समय दिइएको थियो । अन्य ठाउँका मतपेटिकाहरु पनि सिलबन्दी गरी मतगणना गर्ने स्थलहरुमा पुर्याउने काम भइरहेको छ ।
आइतबार ३ वटा प्रदेशका ४ महानगरपालिका, १ वटा उपमहानगरपालिका, ९२ नगरपालिका र १ सय ८६ गाउपालिका प्रतिनिधि, नगरप्रमुख र वडा अध्यक्ष गरी २ सय ८१ र सोही संख्यामा उपप्रमुख वा उपाध्यक्ष चयनका लागि मतदान भएको हो । पहिलो चरणमा तीन वटै प्रदेशबाट १३ हजार ५ सय ५६ जना जनप्रतिनिधि चुनिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण