फैलिँदै साइबर हमलाः १५० देशका २ लाख कम्प्युटर प्रभावित, सोमबार फेरि हुनसक्ने आशंका
एजेन्सी
लण्डन, वैशाख ३१ – शुक्रबार भएको साइबर हमलाबाट १५० देशका २ लाखभन्दा बढी कम्प्युटर प्रभावित भएको युरोपोलका प्रमुख रब वेइनराइटले बताएका छन् ।
बेलायतको आइटिभीसँग कुरा गर्दै उनले साइबर हमला फैलिदै गएको बताएका हुन् ।
भाइरसले कम्प्युटर प्रयोगकर्ताको फाइलहरुलाई नियन्त्रण गरेर फिरौती माग्ने गरेको छ । रसिया र बेलयात यसबाट सबैभन्दा प्रभावित बनेको बताइएको छ ।
विशेषज्ञहरुले साइबर हमलाको दोस्रो चरण शुरु हुने आशंका व्यक्त गरेका छन् । उनीहरुले कम्प्युटरको सुरक्षा अपटुडेट राख्न आग्रह गरेका छन् ।
वेइनराइटले भने ‘हामी हरेक वर्ष विश्वभर साइबर अपराध विरुद्ध २ सयभन्दा बढी अपरेसन चलाउँछौँ तर अहिलेसम्म हामीले यस्तो देखेका थिएनौँ ।’
बिबिसीका अनुसार यसबाट प्रभावितहरुले हालसम्म धेरै फिरौती रकम तिरेका छैनन् । हालसम्म करिब २२ हजार पाउण्ड मात्र तिरिएको छ ।
ह्याकरहरुले अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) ले पत्ता लगाएको माइक्रोसफ्ट विन्डोजको कमजोरीको फाइदा उठाएको बताइएको छ ।
उनीहरुले फिरौती बापत ३ सय डलर फिरौती माग गरेका छन् ।
सोमबार फेरि यस्तै साइबर हमला हुने आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण