बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अन्तिम खेलमा चुक्दा पञ्जाब आउट पुणे इन

आइतबार, ३१ वैशाख २०७४, १९ : ०५
आइतबार, ३१ वैशाख २०७४

एजेन्सी

पुणे, वैशाख ३१ – आइपीएल प्लेअफमा स्थान बनाउन अन्तिम खेलमा जीत आवश्यक रहेकोमा किङ्गस इलेभेन पञ्जाब राइजिङ पुणे सुपर जायन्टसँग ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जाबले पावरप्लेमा अहिलेसम्मकै खराब प्रदर्शन गरेपछि मात्र १५.५ ओभरमा ७३ रनमा समेटियो ।

जितका लागि ७४ रन आवश्यक रहेकोमा पुणेले उक्त लक्ष्य मात्र १२ ओभरमा मात्र १ विकेट गुमाएर पछ्यायो ।

पुणेका लागि ओपनर अजिंका रहाणेले नटआउट रहँदै सर्वाधिक ३४ रन बनाए भने अर्का ओपनर राहुल त्रिपाठीले २८ रन बनाए ।

कप्तान स्मिथले १५ बनाए । एक मात्र विकेट अक्षर पटेलले लिए ।

यसअघि, पञ्जाबले भने खराब सुरुवात गर्दै पावरप्लेमा ३२ रनमा ५ विकेट गुमाएको थियो ।

सर्दुल ठाकुर र जयदेव उनादकटको घातक बलिङ सामु पञ्जाब निरिह देखियो ।

ठाकुरले ३ तथा जयदेवले २ विकेट लिए । त्यस्तै डेनियल क्रिस्टियन र एडम जाम्पाले पनि २–२ विकेट लिए ।

पञ्जावका लागि अक्षर पटेलले सर्वाधिक २२ रन बनाए भने मात्र चार ब्याटस्म्यानले दोहोरो अंकमा रन जोडेका थिए ।

जीतसँगै पुणे अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

अब क्वालिफायरमा मुम्बाईले पुणेको सामना गर्नेछ भने एलिमिनेटरमा कोलकाता नाइटराइडर्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप