बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निर्वाचन बहिष्कार गरेका विप्लवलाई ऋषि कट्टेलले दिए धन्यवाद

आइतबार, ३१ वैशाख २०७४, १९ : १६
आइतबार, ३१ वैशाख २०७४
काठमाडौं, वैशाख ३१– स्थानीय तहको निर्वाचन बहिष्कार गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई नेकपाका अध्यक्ष ऋषिराम कट्टेलले धन्यवाद दिएका छन् । स्थनीय तहको निर्वाचनलाई खारेज गर्दै विकल्पको निम्ति उच्चस्तरको संघर्षमा उत्रिएको भन्दै कट्टेलले विप्लवलाई धन्यवाद दिएका छन् । कट्टेलले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै विज्ञप्ति जारी गरी संसदीय ब्यवस्थाविरुद्ध संघर्ष गर्ने घोषणा गरेका छन् । केहि दलहरुको सिण्डिकेटले कानुन सम्मत दर्ता भएका दलहरुलाई प्रतिवन्ध लगाएर सैन्यशक्तिको आडमा स्थानीय तहको निर्वाचन गरिएको भन्दै आफ्नो पार्टीले आजको दिनलाई कालो दिनका रुपमा लिने कट्टेलले विज्ञप्ति मार्फत जनाएका छन् । कट्टेल नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता छ भने विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता गरिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप