बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१८ वर्षीया युवती वलात्कारको अभियोगी कारागार चलान

आइतबार, ३१ वैशाख २०७४, ०८ : १४
आइतबार, ३१ वैशाख २०७४

गुल्मी, बैशाख ३१ – केही दिनअघि गुल्मीको ईस्मामा स्थानीय एक युवतीलाई वलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ईस्मका गाउँपालिका वडा नम्वर –४ साविकको दोहली गाविस भुवाना गाउँका २४ वर्षिय युवा शिवलाल थापालाई स्थानिय १८ वर्षिया विवाहित युवतीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारगार चलान गर्न र्दिेशन दिएको थियो ।

मुलुकी ऐन अदालती बन्दोवस्ती महलको ११८ को देहाय २ वमोजिम अभियुक्त थापालाई पुर्पक्षका लागि जिल्ला न्यायधिस मातृकाप्रसाद मरासिनीको ईजलासले थुनामा पठाउने आदेश दिएको त्यस अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

यो सहित चालु आर्थिक वर्षको १० महिनामा जिल्लामा चार जना युवती वलात्कारको शिकार भई अदालतमा मुद्धा पेश गरिएको गुल्मी प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप