स्थानीय चुनाव शहरमा भन्दा गाउँमा रौनक
आइतबार, ३१ वैशाख २०७४, १९ : ३०
धुब्रसागर शर्मा
म्याग्दी, बैशाख ३१– आइतबार सम्पन्न भएका तीन वटा प्रदेशका ३४ जिल्लाको निर्वाचनमा शहरमा भन्दा गाउँमा रौनक देखिएको छ । संघीय संरचनाअनुसार आइतवार म्याग्दीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।
सदरमुकाम बेनी बजारमा भन्दा मतदानको रौनक ग्रामीण क्षेत्रहरुमा बढी देखिएको थियो । मतदानका लागि काठमाण्डौं, पोखरा, चितवन, भैरहवा लगायत देशका विभिन्न शहर र सदरमुकाम बेनीबजारबाट पनि मतदाताहरु आ–आफ्नो गाउँका मतदान केन्द्रहरुमा फर्केपछि गाउँमा बेग्लै उमङ्ग देखिएको थियो ।
करिब दुई दशकपछि आफ्नो नगर र गाउँको विकास र समृद्धिका लागि जनप्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा मतदाताहरुले निकै उत्साहका साथ प्रशन्नतापूर्वक मतदान गरेका छन् ।
मतदानका लागि विभिन्न मतदान केन्द्रहरुमा विहान ६ बजेदेखि नै पंक्तिवद्ध भएर उभिएका मतदाताहरुले व्यग्रतापूर्वक आफ्नो पालो कतिवेला आउला भनेर प्रतिक्षा गरीरहेका थिए ।
अपरान्ह ३ बजेसम्मको चर्को घाम र त्यसपछि भएको वर्षामा पनि छाता ओढेर, ओत लागेर भएपनि मतदाताले मतदान गरेका विभिन्न मतदान केन्द्रका मतदान अधिकृतहरुले जनाएका छन् । मतदान गर्दै गर्दा एक्कासी ३ बजेपछि भएको भीषण वर्षाले मतदान प्रक्रियालाई प्रभावित बनाएको थियो ।
बेनी नगरपालिकाको वडा नं १ रत्नेचौर,२ ज्यामरुककोट,३ भकिम्ली,४सिंगा तातोपानी लगाएत १० वटै वडामा रहेका मतदान केन्द्रहरुमा मतदाताहरुको उत्साहाजनक सहभागिता रहेको थियो ।
त्यसैगरी पश्चिम म्याग्दीका मंगला, मालिका र धौलागिरि गाउँपालिकाका विभिन्न मतदान केन्द्रहरुमा पनि मतदाताहरुको बाख्लो उपस्थिति रहेको र उनीहरुले मतदान गर्न पाउँदा आफूहरु निकै उत्साहित भएको प्रतिक्रिया दिए ।
मतदाताहरुले मतदान गर्दै गर्दा आफूहरुमा योग्य जनप्रतिनिधि छनोट गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी थपिएको पनि बताएका छन् ।
त्यसैगरी उत्तरी म्याग्दीका रघुगंगा र अन्नपूर्ण गाउँपालिका मतदान केन्द्रहरुमा पनि शान्तिपूर्ण रुपले मतदान सम्पन्न भएको छ । कुल ७१ हजार ४ सय ६३ मतदाता रहेको म्याग्दीमा ७२ मतदान स्थल र १०२ वटा मतदान केन्द्रहरु तोकिएको थियो ।
बेनी नगरपालिकासहित ६ वटा स्थानीय तह रहेको म्याग्दीमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले एकापसमा तालमेल गरी चुनावी मैदानमा उत्रिएका थिए ।
नगर र गाउँपालिकाका गरी ४५ वटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधि चयनका लागि निर्वाचन भएको हो । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए ।
मतदान गर्न पाएकोमा विशेष गरी युवायुवतीहरु बढी उत्साहित देखिन्थे । पहिलो पटक मतदान गरी आफ्नो प्रतिनिधि आफै छनोट गर्न पाएकोमा उनीहरु प्रशन्न थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण