बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कलाकार परियारको हत्या, अर्का एक गम्भीर घाइते

आइतबार, ३१ वैशाख २०७४, १९ : ५०
आइतबार, ३१ वैशाख २०७४
दमौली, वैशाख ३१– तनहुँमा आइतवार दमौलीका एक कलाकारको हत्या भएको छ भने एक जना सख्त घाइते भएका छन् । अज्ञात समूहको धारिलो हतियार प्रहारबाट व्यास नगरपालिका वडा नं १ निवासी कलाकार विक्रम परियारको घट्नास्थलमै मृत्यु भएको हो । अर्का घाइते सोही ठाउँ निवासी लोकनारायण श्रेष्ठका छोरा देवीनारायण श्रेष्ठको दमौलीमा उपचार हुन नसकेपछि पोखरा पठाइएको छ । मोवाइलमा फोन गरी बोलाएको उक्त समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घट्नामा संलग्न रहेको आशंकामा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वर्ष १६ कि एन्जला राना मगर र वर्ष १८ कि उषा थापा रहेको तनहुँका प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप