परिक्षाको नतिजाबाट असन्तुष्ट १२ विद्यार्थीद्वारा आत्महत्या
आइतबार, ३१ वैशाख २०७४, २० : ३७
नयाँदिल्ली, वैशाख ३१– भारतमा उच्च मध्यमा परीक्षाको नतिजा प्रकाशित भएपछि शुक्रबारदेखि आइतबारसम्म कम्तीमा १२ जना विद्यार्थीले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेहरुको यो सङ्ख्या भारतको मध्य प्रदेशको मात्रै भएको एक जना वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए ।
मध्य प्रदेश शिक्षा बोर्डले लिएको कक्षा १० र कक्षा १२ को परिक्षामा सन्तोषजनक नतिजा नआएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्ने मध्ये तीन जना एउटै बाबु आमाका सन्तान भएको बताइएको छ । भारतको सात्ना जिल्लाको छतरपुर, गुना, इन्डोर, बालाघाट, ग्वालिएर, टिकाम्गार्हा, भिन्द, जवालपुर र भोपाल जिल्लामा घटना भएको प्रहरीको भनाइ छ ।
उनीहरु मध्ये कतिपय विद्यार्थीले घरको ‘सिलिङ फ्यान’मा झुण्डीएर आत्महत्या गरेका र कतिपयले विषालु पदार्थ खाएर आत्महत्या गरेको अनुसन्धानबाट पुष्टी भएको छ ।
‘मृत्यु भएकाहरुको शव शव परीक्षणका लागि पठाइएको छ,’ एक प्रहरी अधिकारीले भने । परीक्षाको नतिजा नराम्रो आएपछि यसरी आत्महत्या गर्ने घटना भारतमा यसअघि पनि हुने गरेको छ ।
प्रदेशस्तरिय परीक्षामा राम्रो नतिजा ल्याउन बाबुआमाहरुले अतिधेरै दवाव दिनेगरेकाले राम्रो नतिजा नआएपछि विद्यार्थीहरुले आत्महत्या गरेका हुन् ।
पश्चिमी राजस्थान प्रदेशको कोटा सहरमा पछिल्लो पाँच वर्षमा मात्रै ७० भन्दाबढी विद्यार्थीले यस्तै अपेक्षित नतिजा नआएपछि आत्महत्या गरेका थिए । रासस/सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण