बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मतदानस्थलमा बियरको बोत्तल र खुकुरी बोकेर पुग्ने पक्राउ

आइतबार, ३१ वैशाख २०७४, २१ : ३०
आइतबार, ३१ वैशाख २०७४
काठमाडौं, वैशाख ३१– सल्यानको कुमाखमालिका गाउँपालिका–३ स्थित मावि गुर्दासे मतदान केन्द्रमा भोट हाल्न आउँदा दुई थान खुकुरी बोकेर आएका दिनेश रावतलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २९ वर्षीय रावतको साथबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेको छ । यसैबीच, बाग्लुङ्गको जैमुनी नगरपालिका–९ जनता माबि पोखरीबारी मतदानस्थलको बाहिर चेकजाँच गर्ने क्रममा गाँजा, छुरी र बियरको बोत्तल साथमा भेटिएपछि मनबहादुर मगर पक्राउ परेका छन् । जैमुनि नगरपालिका स्थायी घर भएका १६ बर्षीय मगरलाई लागूऔषध गाँजा १ सय ग्राम, बियरको बोतल २ थान, छुरी १ थान र बाँसको भाटा ५ थान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप