विप्लवले भने– स्थानीय चुनाव खारेज अभियान सफल
आइतबार, ३१ वैशाख २०७४, २२ : ००
काठमाडौं, वैशाख ३१– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीले थालेको पहिलो चरणको स्थानीय चुनाव खारेज अभियान सफल भएको दाबी गरेका छन् ।
विप्लवले आइतबार पहिलो चरणमा तीन प्रदेश अन्तर्गत ३४ जिल्लाको मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरी निर्वाचनमा जनताको रुची नदेखिएको दाबी गरेका छन् ।
यो पहिलो चरणको खारेजी अभियानका क्रममा आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर व्यूरो इञ्चार्ज सन्देश पौडेल, बैकल्पिक केन्द्रीय सदस्य नारायण महर्जन र जिल्ला इञ्चार्जहरु देवकला अधिकारी, लक्ष्मण उप्रेती, अर्जुन योगी, दीपक श्रेष्ठ, रविकिरण तथा जिल्ला सेक्रेटरीहरु नन्दलाल तिवारी, उदय राई, सागर तिमल्सिना, चन्द्र बुढा, राजन धनुके, गोकुल पराजुली, मोहन राई, हरिकृष्ण घिमिरेसहित सयौं कार्यकर्ता र जनतालाई गिरफ्तार गरेको विज्ञप्तिमा जनाइएको छ ।
सयौंलाई पक्राउ पूर्जि जारी गरिएको, झुठ्टा मुद्दामा फसाउने षड्यन्त्र भएको उल्लेख गर्दै विप्लवले गिरफ्तार नेता, कार्यकर्तालाई विनाशर्त रिहाइको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण