बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मतगणना नहुँदै बाबुराम गरे पराजय हुने संकेत

आइतबार, ३१ वैशाख २०७४, २२ : १७
आइतबार, ३१ वैशाख २०७४
काठमाडौं, वैशाख ३१– स्थानीय तहको आइतबार भएका मतदानको गणना नहुँदै नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो पार्टी पराजित हुने संकेत गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा आइतबार बेलुका ट्वीट गरी भट्टराईले स्थानीय निर्वाचनमा बैकल्पिक राजनीतिक प्रभाव कम देखिने उल्लेख गरेका छन् । वैकल्पिक राजनीतिको विमर्श केन्द्रीय स्तरमा बढी सान्दर्भिक र प्रभावकारी हुने भट्टराईले तर्क गरेका छन् । ‘वैकल्पिक राजनीतिको विमर्श केन्द्रीय स्तरमा बढी सान्दर्भिक र प्रभावकारी हुने भएकोले स्थानीय निर्वाचनमा उसको कम प्रभाव देखिन सक्छ, पर्खेर हेरौं ।’– भट्टराईले ट्वीट गरेका छन् । यसअघि भट्टराईले केही स्थानमा अप्रिय घटनाबाहेक पहिलो चरणको स्थानीयतहको निर्वाचन मूलरूपमा शान्तिपूर्वक र उत्साहपूर्वक सम्पन्न भएको भन्दै मतदातालाई बधाई दिएका थिए । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आइतबार भट्टराईले गोरखा पालुंगटार नगरपालिका–१ अन्नपूर्ण माविको बुथमा मतदान गरेका थिए । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टीले दलीय चुनाव चिन्ह नपाएपछि ६८ दलीय मोर्चा बनाएर भट्टराईले आन्दोलन गर्दै आएका थिए । आन्दोलनबाट पनि चिन्ह नपाएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग कार्यगत एकता गर्दै नयाँ शक्तिले फोरमकै निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप