७३ प्रतिशत मत खसेको भन्दै निर्वाचन आयोगले सच्चायो
आइतबार, ३१ वैशाख २०७४, २२ : २९
काठमाडौं, वैशाख ३१– निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा खसेको मत प्रतिशत सच्चाएको छ ।
यसअघि ७१ प्रतिशत मत खसेको जनाएको आयोगले दोलखाको प्रतिशत बढ्को जनाउँदै समग्रमा ७३ प्रतिशत मत खसेको उल्लेख गरेको छ ।
छिटफुट घटनाबाहेक तीन वटा प्रदेशका ३४ जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।
आयोगले आइतबार साँझ पत्रकार सम्मेलन गरी तीन वटा मत केन्द्रको मतदान स्थगित भएको जनाएको छ । दोलखा जिल्लाको मेलुङ गाउपालिका वडा नम्बर १ मेलुङस्थित सत्यश्वर मावि मतदान केन्द्र, काभ्रे जिल्लाको नमोवुद्ध नगरपालिका अन्र्तगतको एउटा मतदान केन्द्र र कालिकोटको एउटा मत केन्द्रमा मतदान स्थगित भएको आयोगले जनाएको छ ।
कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?
| २०७४ वैशाख ३१ गते 10 .00 वजे सम्मको खसेको मत प्रतिशत (प्रारम्भिक विवरण) | ||||||||||||||
| सि.नं. | जिल्ला | खसेको मतप्रतिशतमा | कैफियत | |||||||||||
| १ | दोलखा | 70 | मेलुङ गा.पा.को वडा-१को सत्तेश्वर मा.वि.मास्थगित | |||||||||||
| २ | रामेछाप | 70 | ||||||||||||
| ३ | सिन्धुली | 75 | ||||||||||||
| ४ | काभ्रेपलान्चोक | 70 | नमोवुद्ध वडा नं.४ मा स्थगित | |||||||||||
| ५ | सिन्धुपाल्चोक | 70 | ||||||||||||
| ६ | रसुवा | 82 | ||||||||||||
| ७ | नुवाकोट | 70 | ||||||||||||
| ८ | धादिङ | 76 | ||||||||||||
| ९ | चितवन | 77 | ||||||||||||
| १० | मकवानपुर | 70 | ||||||||||||
| ११ | भक्तपुर | 83 | ||||||||||||
| १२ | ललितपुर | 79.76 | ||||||||||||
| १३ | काठमाण्डौ | 75.5 | ||||||||||||
| १४ | गोरखा | 71 | ||||||||||||
| १५ | जाजरकोट | ७७ | ||||||||||||
| १६ | लमजुङ | 73 | ||||||||||||
| १७ | तनहुँ | 69 | ||||||||||||
| १८ | कास्की | 75 | ||||||||||||
| १९ | मनाङ | 53.23 | ||||||||||||
| २० | मुस्ताङ | 78 | ||||||||||||
| २१ | पर्वत | ६९.६८ | ||||||||||||
| २२ | स्याङजा | 70 | ||||||||||||
| २३ | म्याग्दी | 68 | ||||||||||||
| २४ | वाग्लुङ | 69 | ||||||||||||
| २५ | नवलपरासी | 77 | ||||||||||||
| २६ | सल्यान | 71 | ||||||||||||
| २७ | डोल्पा | 81 | ||||||||||||
| २८ | जुम्ला | 71.5 | ||||||||||||
| २९ | मुगु | 77.32 | ||||||||||||
| ३० | हुम्ला | 75 | ||||||||||||
| ३१ | कालिकोट | 60 | कालिका गा.पा., वालाचौर आधारभुत विद्यालय केन्द्रमा स्थगित | |||||||||||
| ३२ | दैलेख | 70 | ||||||||||||
| ३३ | सुर्खेत | 74.08 | ||||||||||||
| ३४ | रुकुम | 75 | ||||||||||||
| जम्मा | ||||||||||||||
| हालसम्म मत खसेको प्रतिशतमा | 73 | |||||||||||||
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण