खुकुरी प्रहार गरी एक युवकको हत्या
सोमबार, ०१ जेठ २०७४, ०७ : ५८
ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ ।
फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे सबाहाङ माथि तीन÷दुई जनाको समूहद्वारा खुकुरी प्रहार भएको थियो । पेटमा गहिरो चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ ।
घटनामा संलग्न फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका सुमन लिम्बू घटनास्थलबाटै पक्राउ परेका छन् भने घटनामा संलग्न रहेका अन्य फरार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।
उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट तीन÷चारजनाको संलग्नता रहेको पाइएको छ । मृतक तवेबुङ सदरमुकाममा नै डेरा गरी बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण