नवलपरासीमा मतगणना जारी
सोमबार, ०१ जेठ २०७४, ०८ : १६
नवलपरासी - नवलपरासीमा आठ वटा स्थानीय तहमध्ये छ वटा स्थानीय तहमा मतगणना कार्य सुरु भएको छ ।
जिल्लाको पहाडी हुम्सेकोट र बङ्दीकाली गाउँपालिकामा बाहेक अन्य सबैमा मतगणना कार्य जारी छ । अन्य छ वटा स्थानीय तहमा गएरातिदेखि नै मतगणना सुरु भएको हो ।
वर्षाका कारण मतपेटीका अबेर जम्मा भएका कारण हुप्सेकोटबाहेक बुङ्दीकाली गाउँपालिकामा मतगणना अहिले बिहानबाट गणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख कैलास केसीले जानकारी दिए ।
पहिलो चरणको निर्वाचनमा नवलपरासीमा जिल्लामा १५ स्थानीय तहमध्ये प्रदेश नं ४ मा परेका आठ वटा स्थानीय तहमा निर्वाचन भएको थियो । जसअनुसार नगरपालिकातर्फ चार र गाउँपालिकातर्फ चार वटा रहेका छन् ।
नगरपालिकातर्फ, गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र गाउँपालिकातर्फ बुलिङटार, बुङ््दीकाली, हुप्सेकोट, बिनयी त्रिवेणीमा मतदान भएको थियो ।
जसअन्तर्गत गैँडाकोट नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवारले २१४, उपप्रमुखका उम्मेदवारले २२३, नेकपा एमालेबाट प्रमुखका उम्मेदवारले २५६ र माओवादीका उम्मेदवारले २४ मत प्राप्त गरेको छ । यस्तै कावासोतीमा काँग्रेसबाट प्रमुखमा ९१, एमालेबाट प्रमुखमा ७८, माओवादीबाट प्रमुखमा पाँच मत प्राप्त गरेको छ । यस्तै देवचुलीमा काँग्रेसबाट प्रमुखमा ४९९, एमालेबाट प्रमुखमा ४२५, माओवादीबाट प्रमुखमा २६२ मत प्राप्त गर्नु भएको छ यस्तै गैँडाकोटमा काँग्रेसबाट प्रमुखमा २१४, एमालेबाट प्रमुखमा २५६, माओवादीबाट प्रमुखमा २४ मत प्राप्त गर्नुभएको छ यस्तै मध्यबिन्दुमा काँग्रेसबाट प्रमुखमा ११८, एमालेबाट प्रमुखमा १६१, माओवादीबाट प्रमुखमा १५ मत प्राप्त गरेको छ ।
नवलपरासीको प्रदेश नं ४ मा कुल एक लाख ८६ हजार ८८१ मतदाता सङ्ख्या रहेकोमा करिब ७६ प्रतिशत मतदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण