सम्पादक सविन न्यौपाने हेटौँडा उपमहानगर– १ मा विजयी
मङ्गलबार, ०२ जेठ २०७४, १० : ०५
हटौंडा - हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य आज बिहान सम्पन्न भएको छ ।
सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन् ।
सविनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गरेका थिए । वडाअध्यक्षमा विजय प्राप्त गरेका सविन न्यौपाने हेटौँडाबाट प्रकाशित हुने ‘साझा कुरा’ दैनिकका सम्पादक हुन् ।
हेटौंडा उपमहानगरपालिकाको वडा नं २, १८ र १९ वडाको मतगणना कार्य अहिले १० बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण