मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

दुईसय ६० भन्दाबढी स्थानीय तहमा मतगणना जारी

मङ्गलबार, ०२ जेठ २०७४, १० : ४०
मङ्गलबार, ०२ जेठ २०७४

काठमाडौँ, २ जेठ । पहिलो चरणको स्थानीय तहको वैशाख ३१ भएको निर्वाचनका मतपेटिका संकलन गर्ने कार्य पूरा भएको छ । निर्वाचन आयोगका अनुसार, मतपेटिका सङ्कलन भएपनि मुलुकका सात वटा मतदान केन्द्रमा मतगणना सुरु हुन बाँकी नै रहेको छ । छ स्थानमा विभिन्न कारणले मतगणना र मतदान नै रोकिएको छ । काभ्रे र दोलखाको एक तथा कालीकोटको दुई स्थानमा भएको विवाद र झडपका कारण पुनःनिर्वाचनको माग भई आएकाले त्यसबारे छलफल भइरहेको जनाइएको छ । भक्तपुरको चाँगु–नगरकोटमा अन्य जिल्लाको केही मतपत्र प्रयोग भएका कारण पुनः मतदानको माग भएको हो ।

निर्वाचन आयोगमा हालसम्म विभिन्न स्थानीय तहका पाँच अध्यक्ष, चार उपाध्यक्षसहित १५८ जना निर्वाचित भएको आधिकारिक विवरण प्राप्त भएको जनाइएको छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८१ स्थानमा भएको मतदानमा २६० भन्दाबढी स्थानमा भने मतगणना जारी रहेको आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप