भक्तपुरमा नेमकिपाले खाता खोल्यो, वडा नं १ मा प्यानलनै विजयी
भक्तपुर, २ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले खाता खोलेको छ । भक्तपुर नगरपालिकाको वडा नं १ को आज बिहान सम्पन्न मतगणनामा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानलनै विजयी भई खाता खोलेको हो ।
खत्रीले एक हजार ३७६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पवन भुजुले ५०४ मत ल्याएका थिए भने एमालेका नारायणसुन्दर सिन्ताकलले ४३८ मत ल्याएका थिए । महिला सदस्यमा नेमकिपाका गङ्गालक्ष्मी बमनु, सदस्यद्वयमा विश्वराज शिल्पकार र सूर्यप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
पछिल्लो मतगणना परिणाम अनुसार भक्तपुरको नगर प्रमुखमा नेमकिपाका सुनिल प्रजापतिले एक हजार ५९७ र उपप्रमुखमा रजनी जोशीले एक हजार ५९२ मत ल्याई अग्रता कायम राखेका छन् भने नेपाली काँग्रेसका राम कासुलाले ५२४ र गङ्गा अवालले ५०३ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, मध्यपुरथिमि नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका अष्ट कवेको अग्रता कायम नै रहेको छ । मध्यपुरथिमि–१ को दुईहजार ९३७ मतमध्ये एक हजार ७५० मतको गणना हुँदा कवेले ८७७ मत प्राप्त गर्दै अग्रता कायम गरेका हुन् । नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ७०६ मत ल्याई कवेलाई पछ्याउँदैछन् ।
उपप्रमुखमा काँग्रेसका अञ्जना मधिकर्मीले ७८२ र नेमकिपाका केदार खड्काले ४८५ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण