मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अबको डि सिने अवार्ड हेटौडामा

मङ्गलबार, ०२ जेठ २०७४, ११ : ०५
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २ – विगत नौं बर्षयता नियमित रुपमा आयोजना हुँदै आएको डि सिने अवार्ड यसबर्ष पनि मोफसलमा आयोजना हुने भएको छ । सात बर्ष लगातार काठमाडौंमा आयोजना भएको अवार्ड यसपटक हेटौडामा गर्न लागिएको हो । डिजिटल फर्म्याटमा बनेका फिल्मलाई लक्षित गर्दै आयोजना हुँदै आएको अवार्ड गतबर्ष पोखरामा आयोजना भएको थियो । अवार्डमा सहभागी फिल्मको दर्ता प्रक्रिया र फिल्म हेर्ने कार्य भैरहेको आयोजक छायाँछबी क्रियसनको अध्यक्ष शान्ती प्रियले बताए । डि सिने अवार्ड स्थापनाकाल देखी नै जुरी बस्दै आएका कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य रहेको निर्णायक समुहमा विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन् । ०७३ बैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप