सिभिल बैंकमा नयाँ नेतृत्व
मङ्गलबार, ०२ जेठ २०७४, ११ : ३९
काठमाडाैं, जेठ २ - सिभिल बैंक लिमिटेडमा अम्बीर बोगटीले अध्यक्ष पदको कार्यभार सम्हालेका छन् । नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालले नवनियूक्त अध्यक्षलाई सपथ ग्रहण गराएका हुन् ।
उनी बैंकको स्थापनाकालदेखि नै बैंकका संचालक रहेका थिए । यसैगरी रिक्त संचालकपदको कार्यभार सृजना शाक्य तामाङ्गले सम्हालेको जनाइएको छ ।
बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै शेयर होल्डरलाई बढीभन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिवद्घताका साथै ग्राहकलाई नवीनतम सेवा तथा सुविधा प्रदान गर्ने नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताएका छन् । बैंकले जेठ ४ गते छैठौं बार्षिक साधारण सभा गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण