चाँगुनारायणमा पुनः मतदान बुधबार
मङ्गलबार, ०२ जेठ २०७४, ११ : ५२
भक्तपुर, जेठ २- स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत विवादित चाँगुनारायण नगरपालिकामा बुधबार पुनः मतदान हुने भएको छ ।
चाँगुनारायण– ६ स्थित वडा कार्यालय अर्थात् साबिक नगरकोट गाविस भवनको मतदान केन्द्रमा भने निर्वाचन आयोगले पुनः मतदान गर्ने भएको हो ।
आइतबार मतदानका क्रममा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ नभएको मतपत्र वितरण गरी २२ मतदाताले मतदान गरेको विषयमा विवाद चर्किएपछि निर्वाचन आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्न परिपत्र गरेपछि त्यस क्षेत्रमा पुनः मतदान हुने भएको हो ।
नवलपरासी जिल्लाका लागि तयार पारिएको मतपत्र चाँगुनारायणमा वितरण गरिएपछि नेमकिपाले उक्त २२ मत बदर गर्न माग गर्दै मतगणना गर्न नदिएपछि मतगणना हुन सकेको थिएन ।
चाँगुनारायण नगरपालिकाको सर्वदलीय बैठकले विवादित विषयलाई टुङ्गो लगाउन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गर्ने परिपत्र गरेको निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले बताउनुभयो ।
चाँगुनारायण– ६ मतदान केन्द्र ‘ख’ मा कुल ८०७ मतदाता छन् । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकामा भने मतगणना जारी छ । सोअनुसार मध्यपुरथिमिमा सबै पदमा नेपाली काँग्रेस, सूर्यविनायकमा सबै पदमा नेकपा(एमाले) र भक्तपुर नगरपालिकामा सबै पदमा नेमकिपाले अग्रस्थान लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण