मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जाजरकोटकाे कुशे गाउँपालिकामा काँग्रेस विजयी

मङ्गलबार, ०२ जेठ २०७४, ११ : ५५
मङ्गलबार, ०२ जेठ २०७४
जाजरकोट, २ जेठ - कुशे गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र बस्नेत दुई हजार ५०८ र उपाध्यक्षमा रामछाया शाही दुई हजार ३७८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का तत्तबहादुर हमालले दुई हजार ४४ र उपाध्यक्षका गङ्गा आरसीले एक हजार ९८८ मत ल्याउनुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)का जनकराज शर्माले एक हजार ८१५ र अम्बिका बस्नेतले एक हजार ४३१ मत ल्याउनुभएको निर्वाचन कार्यालयले बताएको छ । त्यस्तै वडा नं १ मा एमालेका गोपाल नेपाली र वडा नं २ मा एमालेकै जनक शाहीको पूरै समूह विजयी भएका छन् । वडा नं ३ मा भने नेपाली काँगे्रसका टेकबहादुर हमालको समूह विजय भएको छ । त्यस्तै वडा नं ४ बाट एमालेका कृतिबहादुर शाहीको पूरै समूह तथा वडा नं ५ मा काँग्रेसका लक्ष्मी सिंहको पूरै समूह विजयी भएको छ । वडा नं ६ मा भने नेकपा(माओवादी केन्द्र)का अमर शाहीको समूह विजयी भएको छ । वडा नं ७ मा काँग्रेसका रामबहादुर शाहीको पूरै समूह तथा वडा नं ८ मा काँग्रेसका अमर रोकायको पूरै समूह विजयी भएका छन् । त्यस्तै वडा नं ९ मा काँग्रेसकै देविका सिंहको समूह विजयी भएको निर्वाचन कार्यालयले बताएको छ । माओवादी केन्द्र चार वडामा विजयी त्रिवेणी नलगाड नगरपालिकाका वडा १, २, ३ र ४ मा नेकपा (माओवादी केन्द्र)का पूरै समूह विजयी भएका छन् । नलगाड– १ मा हिरालाल पुन २९७, वडा नं २ मा रामकुमार गौतम २४५, वडा नं ३ मा प्रचण्ड ओली ३३२ र वडा नं ४ मा लक्ष्मी रावल ३७० मत ल्याई विजयी हुनुभएको हो । माओवादी केन्द्रका प्रमुखका उम्मेदवार टेकबहादुर रावलले एक हजार ३५९ र उपप्रमुख उम्मेदवार बालकुमारी बस्नेतले एक हजार १९३, काँग्रेसका प्रमुख उम्मेदवार छवि पन्तले ९७९ र उपप्रमुख उम्मेदवार धनमाया शाहीले ९२४ तथा एमाले प्रमुख उम्मेदवार नवेन्द्र नेपालीले ५९४ र उपप्रमुखका उम्मेदवार सुनिता बोहराले ७३२ मत ल्याउनुभएको छ । अरु वडामा अहिले मतगणना जारी छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप