धौलागिरि–१ मा माओवादी केन्द्र र २ मा एमाले विजयी
मङ्गलबार, ०२ जेठ २०७४, ११ : ५८
म्याग्दी, जेठ २- म्याग्दीको धौलागिरि गाउँपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ ।
धौलागिरि १ गुर्जामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ ।
माओवादी केन्द्रकी सीताकुमारी छन्त्यालले महिला सदस्यमा (२९८), दलित महिला सदस्यमा ज्ञानदेवी विक (२५२), अन्य सदस्यमा तारामान विक (२२९) र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर विजयी हुनुभएको हो । गुर्जामा ६७२ जना मतदाता रहेकामा ४६४ जनाले मतदान गरेका थिए ।
यसैगरी धौलागिरि गाउँपालिका–२ लुलाङमा नेकपा (एमाले)का गमप्रसाद विकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघि नै एमालेकी सुवादेवी पुर्जा निर्विरोध हुनुभएको थियो ।
दलित महिला सदस्यमा एमालेका ललिसरा विक र सदस्यमा एमालेका मोतीप्रसाद पाइजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका जङ्गबहादुर विश्वकर्माले १३४ मत ल्याउनुभएको छ ।
नौ सय ३६ मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । वडा नं १ र २ को मतगणना हुँदा धौलागिरि गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेका थमसरा पुनले ३७४, उपाध्यक्षमा काँग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गर्नुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण