मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १२ : २८
मङ्गलबार, ०२ जेठ २०७४
हेटौँडा, २ जेठ । मकवानपुरको वाग्मती गाउँपालिका–३ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेवार बलबहादुर पाख्रिनले ३१४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बाबुलाल गोलेले २५५ मत प्राप्त गरेका छन् । यस वडाबाट अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले ३१२, नेकपा एमालेले २५५ र नेपाली काँग्रेसले १४३ मत प्राप्त गरेको छ भने उपाध्यक्षमा माओवादी केन्द्रले ३१०, नेकपा एमालेले २५४ र नेपाली काँग्रेसले १३५ मत प्राप्त गरेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप