राष्ट्रिय बाणिज्य बैंकको नाफा बढ्यो, २ अर्ब ७ करोड कमायो
मङ्गलबार, ०२ जेठ २०७४, १२ : ३२
काठमाडौं, जेठ २–राष्ट्रिय बाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा २ अर्ब ७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधीको तुलनामा २८ प्रतिशतले बढी हो ।
बैंकले गत आवको ९ महिना अवधीमा एक अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको थियो । यो आवको ९ महिनामा बैंकले ४ अर्ब ६७ करोड व्याज आम्दानी गरेको छ । व्याज आम्दानीमा भएको वृद्धिले नाफा वढेको हो । बैंकले गत आवको तेस्रो त्रैमासिक अवधीमा ३ अर्ब ७३ करोड ब्याज आम्दानी गरेको थियो ।
यस्तै, बैंकले यो अवधीमा आइपुग्दा एक खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने एक खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बै.कको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ र खरव कर्जा २ दशमलव ७० प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण