मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुस्ताङको तीन गाउँपालिकामा प्रमुख चुनिए : को–को भए विजयी ?

मङ्गलबार, ०२ जेठ २०७४, १२ : ३५
मङ्गलबार, ०२ जेठ २०७४

मुस्ताङ, २ जेठ । हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ ।

तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन् ।

सोमबार राति सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गर्नुभएको हो । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत सीताराम शर्मा लामिछानेका अनुसार सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका छन्। नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन् ।

एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकै कोसी पासाङ विजयी भए। घरपझोङ गाउँपालिकामा नेकपा एमालेका आशबहादुर थकाली विजयी भएका छन् । एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली काँग्रेसका विजय हिराचनलाई पराजित गर्नुभएको हो । हिराचनले ४१७ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै शर्मिला गुरुङले ७०७ मत ल्याएर विजयी भइन् ।

एक हजार २७७ मतदातामध्ये ९९८ मत खसेको दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी भए। उनले नेपाली काँग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गरे । गुरुङले २०३ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा भने नेकपा एमालेका ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी भए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप