मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौंको पछिल्लो परिणामः एमाले अगाडी, साझा दोस्रो स्थानमा रहँदा माओवादी पाँचौं

मङ्गलबार, ०२ जेठ २०७४, १२ : ३९
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौ, जेठ २– काठमाडौ महानगरपालिकाको मतगणना दुई स्थानबाट सुरु भएको छ । वडा नम्बर १ र ३२ बाट भएको मत गणनाको पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले २७२ मत ल्याएर अग्रपक्ति कायमै राखेका छन् । त्यस्तै कांग्रेसका राजुराज जोशीले १९२ मत ल्याएका छन् । उनी साझा पार्टीका किशोर थापा भन्दा पछाडि छन् । साझा पार्टीले दोस्रो स्थान कायम गरेको छ । साझापार्टीको १९९ मत प्राप्त भएको छ भने विवेकसिलको १४९ मत पुगेको छ । माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले अहिलेसम्म १८ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३२ वडाका सय मत र १ का ८६४ मत गनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप