चौरी देउरालीको दुई वडामा माओवादी केन्द्र विजयी
धुलिखेल, २ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको कोसीपारि चौरी देउरालीमा नेकपा माओवादी केन्द्र दुवै वडामा विजयी भएको छ ।
सो गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी भएका छन्। तामाङले ३१० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रताव लामाले २७७ मत प्राप्त गरेका थिए । त्यस्तै वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गरे ।
जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्र अग्र स्थानमा छ ।
सो गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कान्छालाल जिम्बाले ६५८, नेपाली काँग्रेसका रकमसिं घलानले ३६४ र नेकपा एमालेका राजकुमार कुँवरले १०६ मत प्राप्त गरेका छन् । वडा नं १ र २ को मत गणना सम्पन्न भएको छ ।
प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् ।
त्यस्तै वडा नं २ मा मीनबहादुर वाइबाले ३४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् । दुवै वडामा माओवादी केन्द्रको समूह नै विजयी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण