काठमाडौँमा देशभरमध्ये भारी वर्षा, अझै केही दिन जारी रहने
काठमाडौँ, २ जेठ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ ।
बिहान ९ बजेसम्मको मौसमी विवरणअनुसार काठमाडौँमा सबैभन्दा बढी ४१ मिलिमिटर वर्षा भएको छ ।
त्यसैगरी धनकुटामा ३७, पोखरामा १४, ताप्लेजुङमा १२ र विराटनगरमा ५ मिलिमिटर वर्षा भएको छ ।
पूर्वी उत्तर प्रदेशमा न्यून चापीय प्रणाली बढेको र पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रवेशका कारण काठमाडौँ उपत्यकासहित देशका मध्य र पश्चिमी पहाडी भेगमा बदलीसँगै वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए ।
उनका अनुसार पूर्वी न्यूनचापीय प्रणालीको प्रभावले खासगरी मध्य र पूर्वी भेगमा बढी असर परेको छ, ती क्षेत्रमा आज अपराह्न र साँझ बदलीसँगै वर्षा हुनेछ । उक्त प्रणालीका साथै सतही रुपमा बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको पनि समिश्रणले बदलीसँगै वर्षा गराएको मौसमविद् रिमालले बर्ताए । त्यस्तै पश्चिमी न्यूनचापीय प्रणाली देशको पश्चिमी भेगबाट प्रवेश गरेका कारण पश्चिमी पहाडी भेगमा दिउँसो बदली र वर्षा हुने जनाइएको छ ।
“आज देशका मध्य, पूर्वी र पश्चिमी पहाडी भेगमा वर्षा हुने देखिन्छ, ठूलो पानी पर्दैन, धुम्म हुने अस्थायी प्रकृतिको वर्षा गराउनेछ” – मौसमविद् रिमालले भने ।
काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा मौसम बदली रहे पनि हवाई उड्डयनमा कुनै असर नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले भिजिविलिटी चार किलोमिटर रहेको छ । आज काठमाडौँको न्यूनतम १७ र अधिकतम तापक्रम २६ डिग्रिसेल्सियस रहेकोे छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण