औषधि व्यवसायीद्वारा विभागमा धर्ना
मङ्गलबार, ०२ जेठ २०७४, १२ : ५०
काठमाडौ, जेठ २ – औषधि आयातमा लगाइएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधी आयातकर्ताहरुले मुखमा कालो पट्टी बाँधेर औषधी व्यवस्था विभागमा धर्ना दिएका छन् । नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा मंगलबार औषधी व्यवस्था विभागको परिसरमा आयात कर्ता व्यवसायीले धर्ना दिएका हुन् ।
सरकारले विभिन्न ३५ प्रकारका गुणस्तरिय औषधिको आयातमा रोक लगाउने निर्णय गरेपछि चरणबद्ध आन्दोलनमा उत्रेका आयातकर्ता व्यवसायीले निर्णय फिर्ताको माग गर्दै धर्ना बसेका हुन् । सरकारले केही स्वदेशी औषधी उत्पादककर्ताको प्रलोभनमा परेर सस्तो र गुणस्तरीय औषधी आयातमा रोक लगाउने निर्णय गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।
औषधी आयात कर्ताहरुले स्वास्थ्यमन्त्री गगन थापाले मुनाफाको कुरा उठाएर आफुहरुलाई बदनाम बनाउन खोजेको दाबी गरेका छन् । औषधी आयातमा प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता नभएसबै औषधिको आयात ठप्प पार्ने चेतावनी संघका महासचिव पवन आर्चायले दिएका छन् । नेपालमा वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी मूल्यको औषधि आयात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण