मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ए गुरुङ र मेनुकाले तताउलान् त ‘हिटलर’ ?

मङ्गलबार, ०२ जेठ २०७४, १२ : ५६
मङ्गलबार, ०२ जेठ २०७४
काठमाडौं, जेठ २ – पछिल्लो समय चलचित्र स्टारले भन्दा पनि कथाबस्तुले चलेको अवस्था छ । राम्रो कथाबस्तु भएका चलचित्रले राम्रो परिणमा दिइरहेको समयमा चलचित्र ‘हिटलर’ले पनि आफ्नो कथाबस्तु उत्कृष्ट रहेको दाबी गर्दै आएको छ । सौरभ ढकाल निर्देशित चलचित्रमा सोहित मानन्धर र नव–नायिका सामिया बर्तौलाको मुख्य भूमिका छ । मेनुका प्रधान र ए गुरुङ पनि चलचित्र भित्र अटाएका छन् । यी दुबै चलचित्रका लागि बिकाउ कलाकार हुन् । अष्टनारायण पिक्चर्सको निर्माणमा तयार भएको यो चलचित्र जेठ १२ गतेबाट रिलिज हुँदैछ । कमेडी र प्रेम कथामा बनेको यो चलचित्रको ट्रेलर र गीतलाई रुचाइएको छ । – ‘ए गुरुङको कमेडी पाटो र मेनुकाको सरप्राइज भुमिका दर्शकका लागि अहिलेसम्मकै नयाँ स्वाद हुने निर्देशक ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप