मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्याङजाका ११ स्थानीय तहको यस्तो छ पछिल्लो नतिजा

मङ्गलबार, ०२ जेठ २०७४, १३ : ००
मङ्गलबार, ०२ जेठ २०७४

स्याङ्जा, २ जेठ– स्थानीय तहको निर्वाचनपछि स्याङ्जामा मतगणना जारी छ । ११ स्थानीय तह रहेको स्याङ्जामा फेदीखोला गाँउपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ वडामा एमाले विजयी भएको छ भने एक वडाको अध्यक्ष काँग्रेसले जितेको छ ।

फेदीखोला गाँउपालिकाको एमालेका अध्यक्षका उमेदवार घनश्याम सुवेदीले ३८०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रत्यासी काँग्रेसका उमेदवार तारापति सुवेदीले १७६० मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी देविमाया थापा ३४२८ मत ल्याएर विजयी भइन् । उनका प्रत्यासी काँग्रेसका उमेदवार मायादेवी पनेरुले १८०६ मत प्राप्त गरेकी थिइन् । वडा नं. १ खिमबहादुर क्षेत्री, २ मा हिमालयजंग बानियाँ, ४ माधवप्रसाद सुवेदी, ५ मा देउकुमारी गुरुङ एमालेबाट विजयी भएका छन् भने ३ मा कृष्णबहादुर रानाभाट काँग्रेसबाट विजयी भएका छन् । ५ नगरपालिका र ६ गाँउपालिका रहेको स्याङ्जामा एक गाँउपालिकाको मतगणना सम्पन्न भएको छ भने अन्य गाँउपालिका र नगरपालिकामा मतगणना जारी रहेको छ । अहिलेसम्म निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नगरपालिकामा भएको मतगणना अनुसार ७ ओटा वडामा काँग्रेस विजयी भएको छ भने ४ ओटा वडामा एमाले विजयी भएका छ । जस अनुसार पुतलीबजारमा वडा नं. १ मा निर्मल शेरचन र २ मा तिलकराम श्रेष्ठ एमालेबाट विजयी भएका छन् भने भीरकोट वडा नं. १ मा काँग्रेसबाट दिपेन्द्र केसी छन् । २ मा एमालेबाट कमल त्रिपाठी विजयी भएका छन् ।

यसैगरी वालिङ नगरपालिकामा वडा नं. १ मा केदार काफ्ले, २ मा पोतप्रसाद लम्साल र ३ मा शुकबहादुर गुरुङ काग्रेसबाट विजयी भएका छन् भने वडा नं. ४ रनध्वज गुरुङ एमालेका उमेदवार विजयी भएका छन् । गल्याङमा वडा नं. ३ काँग्रेसका महेश भट्टराई र चापाकोटमा काँग्रेसले वडा नं. १ मा टिकाराम तिवारी र २ मा सुर्यबहादुर सेन विजयी भएका छन् ।

यसै गरी गाँउपालिकातर्फ आँधीखोला गाउँपालिकामा १ नं वडामा एमालेका लोकनाथ ढकाल विजयी भएका छन् भने अर्जुनचौपारी गाँउपालिका वडा नं. १ मा पनि एमालेकै चित्रबहादुर क्षेत्री विजय भएका छन् । हरिनास गाँउपालिकामा एकवडामा काँग्रेस, विरुवा अर्चले गाउपालिकामा एक वडा एमाले र कालिगण्डकी गाँउपालिका वडा नं. १ मा एमाले विजयी भएका छन् ।

५ नगरपालिकामध्ये ४ नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने पुतलीबजार नगरपालिकामा एमालेले अग्रता लिएको छ । पुतलीबजार नगरपालिकामा एमालेका मेयर सिमा क्षेत्रीले १२९४, उपमेयर महेश पुरीले १३५८, काँग्रेसका मेयर तुलसी रेग्मीले १०९८ र उपमेयर हिरा शर्माले १०९१ मतप्राप्त गरेका छन । भीरकोट नगरपालिकामा काँग्रेसका मेयर छायाँराम खनालले १३१५ उपमेयर सिमा क्षेत्रीले १३६०, एमालेका मेयर सन्तोष केसीले ९५१, उपमेयर सरस्वती अधिकारीले ११६२ मत प्राप्त गरेका छन् ।

यसै गरी वालिङ नगरपालिकामा काँग्रेसका मेयर दिलिपप्रताप खाँणले २६६८, उपमेयर कल्पना तिवारीले २५७२, एमालेका मेयर पुण्यप्रसाद अर्यालले २२५१, उपमेयर खगिसरा थापाले २२८६ मत प्राप्त गरेका छन् । गल्याङ नगरपालिकामा काँग्रेसका मेयर लालगोपाल अर्यालले ७५५ उपमेयर खगिसरा भण्डारीले ६०७, एमालेका मेयर भुपराज अधिकारीले ६४६, उपमेयर देविसरा थापाले ६९१ मत प्राप्त गरेका छन् । चापाकोट नगरपालिकामा काँग्रेसका मेयर शिवकुमार गिरीले १२३९, उपमेयर विमला श्रेष्ठले १३११ मत प्राप्त गरेका छन् भने एमालेका मेयर बुद्धिमान श्रेष्ठले ९३६, उपमेयर सरस्वती भट्टराईले ८३५ मत प्राप्त गरेका छन् ।

१ लाख ९१ हजार मतदाता संख्या रहेको स्याङ्जामा ११ ओटा स्थानीयतहको निर्वाचनमा करिव ७० प्रतिशत मात्र मत खसेको बताइएको छ । मतपरिणाम सम्पन्न भएपछि वडा, वडामा विजयी ¥याली निकिालिएको छ । जेष्ठ १ गते विहान देखि शुरु भएको मतगणनाको परिणाम आउन अझै दुईदिन लाग्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप