आयोगको आधिकारिक मतपरिणामः १० स्थानीय तहको नतिजा आयो
मङ्गलबार, ०२ जेठ २०७४, १३ : २७
काठमाडौं, जेठ २ – निर्वाचन आयोगले आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार १० स्थानीय तहको निर्वाचन परिणाम प्राप्त भएको जनाएको छ ।
आयोगका अनुसार, तनहुँको बन्दीपुर गाउँपालिका, मनाङको चामे गाउँपालिका, नाशोङ गाउँपालिका, नेस्याङ गाउँपालिका, बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिका, मुस्ताङको घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, बाह्रगाउँ गाउँपालिका र लोमाथाङ गाउँपालिकाको निर्वाचन अन्तिम परिणाम आएको छ ।
आयोगले हिमाली जिल्लाका केही मतदान केन्द्रको मतपेटिका स्थल मार्गबाट सङ्कलन गर्न कठिन भएकाले मङ्गलबार बिहान हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको तीनवटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरबाट ल्याइएको जनाएको छ । ती स्थानको मत गणना आजैदेखि सुरु हुने छ । रसुवा, गोरखा, म्याग्दी, धादिङ, डोल्पा जिल्लाको विकट ठाउँमा रहेका मतदान केन्द्रका मतपेटिका सोमबार नै हेलिकोप्टरबाट सङ्कलन गरिएको आयोगले जनाएको छ ।
मुलुकका तीन प्रदेशका ३४ जिल्लामा भएको मतदानको अहिले २५७ स्थानीय तहमा निर्वाचनको मतगणना भइरहेको जानकारी आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट प्राप्त भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण