भरतपुरको चुनावी परिणामवारे तीन पार्टीका आ-आफ्नै हिसाव, जान्नुहोस्, कुन पार्टीको हिसाव कस्तो ?
जेठ २, काठमाडौं निकै चासोको साथ हेरिएको भरतपुर मनागरपालिकाको स्थानीय तहको चुनावको शुरुवाती मतगणनामा काँग्रेस माओवादी गठबन्धनका उम्मेदारलाई उछिन्दै एमालेका उम्मेदवार देवी ज्ञवाली अगाडि देखिए । भरतपुर महानगरपालिकोको दिउँसो साढे १ बजेसम्म एमालेका उम्मेदवार ज्ञवालीलाई १२६३ मत र दाहाललाई ९५१ मत खसेको छ ।
यो सँगै के भरतपुरमा काँग्रेस र माअोवादीबीचको गठबन्धन अनुसार भोटिङ भएन ? भन्ने प्रश्न उठिरहेको छ । तर, काँग्रेस र माओवादीका नेताहरु शतप्रतिशत भोट गठबन्धन अनुसार नआएपनि आफुहरुको गठबन्धन अनुसार जित हुने विश्वासमा छन् । एमालले पनि शुरुवाती गणना अनुसार नतिजा आफ्नो पक्षमा आउने विश्वास गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छोरी चुनावी मैदानमा उत्रेपछि यो महानगरपालिकामा सवैको चासो छ । त्यसबाहेक भरतपुरमा काँग्रेस माओवादी गठबन्धनले पनि चासो बताएको हो । त्यसो त यस्तो गठबन्धन पोखरा महानगरपालिकामा पनि छ ।
सवै भन्दा ठूलो दल काँग्रेसको समर्थनमा मेयर पदका लागि लडेको माओवादीले कतै काँग्रेसबाट धोका हुने हो कि भन्ने चिन्ता गरेको छ । तर, काँग्रेस नेताहरु त्यस्तो कुनै धोका नभएको र चुनाव गठबन्धनकै पक्षमा आउने बताईरहेका छन् । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले स्थानीय मिडियाकर्मीसँगको कुराकानीमा नारायणगढको मुख्य बजारमा आफुहरुलाई आश्चर्यजनक भोट प्राप्त भएको बताएका छन् । एमालेको बुझाईका काँग्रेसका २५ प्रतिशत मत एमाले उम्मेदवार ज्ञवालीको पक्षमा खसेका छन् । नारायणगढको मुख्य बजार क्षेत्रको वडामा काँग्रेसले जित्ने काँग्रेस नेताहरुको बुझाई छ ।
एमालेको भनाईमा भरतपुरको २, १०, ११, १२ र २४ वडामा एमालेको राम्रो जनाधार छ । त्यसबाहेक काँग्रेसको जनाधार भएको ठाँउबाट २५ प्रतिशत मत आउँदा आफुहरुले जित्ने एमालेका जिल्ला नेताहरुले बताउने गरेको छन् । एमालेले नयाँ शक्ति, वैद्य माओवादी, विप्लप पार्टी र राप्रपाका भोटमाथि पनि चासो राखेर केही भोट प्राप्त गरेको बताइएको छ ।
अहिलेसम्म गणना भएको मतमा मेयरमा रुख चिन्हमा भोट हालेको भेटिएको छैन । अर्थात, काँग्रेस कार्यकर्ताहरुले असन्तुष्टी जनाएर भोट बदर गरे भन्ने अबस्था छैन । माअोवादी केन्द्रका नेताहरु भन्छन् । माओवादी केन्द्रका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले बदर मत नभेटिएपनि काँग्रेसबाट गठबन्धन अनुसार शतप्रतिशत मत चाहीँ नखसेको बताएका छन् ।
तर, उनले गठबन्धनका उम्मेदवारले कम्तीमा पाँच हजार मतले चुनाव जित्ने दावी चाहीँ गरे । अहिले मत गणना भएको ठाँउमा आफुहरुको पहिलेदेखि नै कमजोर आधार रहेको र आफुहरुको मताधार राम्रो भएको वडाबाट अग्रता लिने उनको भनाई छ । एमालेलाई राप्रपा, नयाँ शत्ति र विप्लव माअोवादीको समर्थन रहेपनि आफुहरुले चुनाव जित्ने उनको भनाई छ ।
भरतपुरमा १२, १३, १४, १५, १६, १७, १८, २३, २४, २४ र २६ वडामा आफुहरुको राम्रो पकड रहेको र ती वडामा मत गणना हुँदावित्तिकै जित सुनिश्चत हने मत आउने माओवादीका जिल्ला नेताहरुको दावी छ ।
काँग्रेस नेताहरुको भनाईमा आफुहरुको पकड क्षेत्रमा मत गणना हुन वाँकी छ । चितवन काँग्रेसले काँग्रेसले भरतपुका ३, ४, ५ र ६ वडामा आफुहरुको पकड रहेको दावी गरेको छ । त्यसबाहेक काँग्रेसले मानगरपालिकाको १९ वडा भन्दा माथिका सवै वडामा आफहरुको बलियो उपस्थिति रहेको दावी गरेको छ ।
चुनाव प्रचारको अन्तिम दिन चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले गठबन्धनका उम्मेदवरालाई झिनो मत अन्तरले जित्ने सुविधा नभएको बताएका थिए । चुनाव प्रचारको अन्तिम दिन काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सयुक्त चुनावीसभालाई सम्बोधन गरेका थिए । माअोवादीसँगको गठबन्धनपछि काँग्रेसले आफ्ना उम्मेदवार दीनेश कोइरालालाई मेयरको उम्मेदवारी फिर्ता लिन लगाएको थियो । भरतपुरमा गठबन्धनबाट उपमेयरमा काँग्रेस उम्मेदवार पार्वती शाह छिन् ।
भरतपुरमा २९ वटा छन् । कुल एक लाख ५० हजार मतदाता रहेको भरतपुरमा एक लाख २१ हजार मत खसेको छ । यहाँको जनसख्याँ चाहीँ दुई लाख ८० हजार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण