दन्तरोग विशेषज्ञहरुको दोस्रो सम्मेलन काठमाडौंमा
काठमााडौं, जेठ २–दोश्रो दक्षिण एशियाली दन्तरोग विशेषज्ञहरुको सम्मेलन राजधानी काठमाण्डौमा जारी छ । काठमाण्डौमा सोमबारदेखि सुरु भएको सम्मेलनमा दन्तरोग सम्बन्धी विद्यमान अवस्था, अन्वेषण लगायत विषयमा छलफल भएको बताइएको छ ।
सम्मेलनमा वरिष्ठ दन्त चिकित्सकहरुले सम्बन्धीत विषयको अन्वेषण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन् । दन्त चिकित्सा अध्ययनरत को साथै कार्यरत दन्त चिकित्सकहरुका लागि सम्मेलन प्रभावकारी हुने अपेक्षा लिएको आयोजक अञ्जना राजभण्डारीले बताइन् ।
सम्मेलनको पहिलो दिन सोमबार अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त वरिष्ठ दन्त चिकित्सकहरुले दन्त चिकित्सा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।
सम्मेलनमा नेपाल सहित, भारत, पाकिस्तान , भुटान, मालदिप्स, श्रीलंका, अष्ट्रेलिया, सिंगापुर, हङकङ, जापान, चाइना, ताइवान, मलेसिया लगायत १६ देशका विशिष्ठ दन्त चिकित्सको सहभागीता रहेको छ ।
यसअघि सन् २००९ मा पहिलो सम्मेलन भारतमा भएको थियो । ८ बर्ष पछि दोश्रो दन्त चिकित्सकको सम्मेलन नेपालमा भएको हो । सम्मेलन बुधबार सम्म चल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण