सवारी दुर्घटनाका घाइतेको साथमा भेटियो दुई थान बन्दुक
मङ्गलबार, ०२ जेठ २०७४, १३ : ५७
काठमाडौं, जेठ २– नवलपरासीको सुनवलमा जिपले स्कुटरलाई ठक्कर दिँदा घाईते भएका भागबिर पुनको साथमा दुईनाल बाह्रबोर बन्दुक र ४ राउण्ड गोली फेला परेको छ ।
सोमबार सुनवलमा जिपले स्कुलटरलाई ठक्कर दिएपछी पुनलाई प्रहरीले उपचारका लागी बुटवलको जेनस हस्पिटल पठाएको थियो । हस्पिटलमा उपचार गराईरहेको बेला पुनको झोला चेकजाँच गर्दा बाह्रबोर बन्दुक र गोलि भेटिएको ईलाका प्रहरी कार्यालय वुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
सुनवल नगरपालिका–३ बस्ने ३४ वर्षीय भागबिर पुनको साथमा भेटिएको हतियार बरामद गरिएको र प्रहरीको निगरानीमा लुम्बिनी अंचल अस्पतालमा उपचार भईरहेको छ ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण