बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पदम बिजयी
मङ्गलबार, ०२ जेठ २०७४, १४ : २१
म्याग्दी, जेठ २ –बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर बिजयी भएका छन् । वडा नम्बर तिनको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई पछि पार्दै बिजयी भएका हुन् ।
उनका प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४ सय २१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् । सदस्यहरुमा स्वतन्त्र प्यानलबाट रत्न जिसी र एमालेबाट गेमबहादुर घर्तिमगर ,मनकुमारी पुन र हरिकला दमाई निर्वार्चित भएका छन् ।
दुईहजार २६० जना मतदाता र तिन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो । त्यसैगरि बेनी नगरपालिकाको मेयरमा भने नेकपा एमालेको अग्रता कायमै छ । सुरुवात देखिनै अग्रता लिएका एमालेको तर्फबाट मेयरका उम्मेदवार प्रमोद श्रेष्ठले तिन वडा वडाको मतगणना सकिँदा सम्म १ हजार ९ सय २६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले १ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपमेयरमा राप्रपाकी सञ्जु बरुवालले १ हजार ५ सय ४६ मतले अग्रता लिनुभएको छ भने नेकपा (माओवादी केन्द्र) की ज्योती लामिछानेले १ हजार १ सय ८ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण