मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस वर्षका शक्तिशाली १० वायुसेना

मङ्गलबार, ०२ जेठ २०७४, १४ : ३६
मङ्गलबार, ०२ जेठ २०७४

एजेन्सी

जेठ २ – आजकाल हरेक देश आफ्नो सैन्य शक्तिलाई धेरैभन्दा धेरै बलियो बनाउन चाहन्छन् । सेनाको एक महत्वपूर्ण अंग हुन्छ वायुसेना । आज हामी तपाईंलाई यतिबेला १० देशका वायुसेना बारे जानकारी दिँदैछौं जो सबैभन्दा शक्तिशाली छन् ।

१. संयुक्त राष्ट्र अमेरिकाको वायुसेनाः

विश्वमा सबैभन्दा धेरै आधुनिक हतियार भएको अमेरिकी वायुसेना यो सूचीको पहिलो स्थानमा छ । संसारभरीको वायुसेनाको हतियार मिलाएर जति हुन्छ ती सबै एक्लो अमेरिकासँग भएको बताइन्छ । यसको ताकत यो आँकडाले नाप्त सकिन्छ ।

कूल विमानः ५,६३८

लडाकू विमानः ३,५८०

सैनिकः ३,३२,८५४

२. रुसी वायुसेनाः

दोस्रो नम्बर रुसी बायुसेना पर्दछ । रुसले आफ्नो सैन्य ताकत निकै तिब्र रुपमा बढाएको छ । यतिबेला रुसको वायुसेनाको स्थिती यस्तो प्रकारको छः

कुल विमानः १०,०००

लडाकू विमानः ४,५००

सैनिकः १,६०,०००

३. इजरायली वायुसेनाः

तेस्रो नम्बरमा इजरायली वायुसेना रहेको छ । लगातार युद्धसँग जुधिरहेको इजरायलको वायुसेनामा,

कुल विमानः १,९६४

लडाकू विमानः ३९६

सैनिकः २७,००० रहेका छन् ।

४. भारतीय वायुसेनाः

यो सूचीको चौथो स्थानमा भारतीय वायुसेना रहेको छ । अहिलेको समयमा भारतीय वायुसेनासँग

कुल विमानः १,५००

लडाकू विमानः ३००

सैनिकः १,७०,०००

५. रोयल एयरफोर्स यूनाइटेड किंगडमः

ग्रेट ब्रिटेनको रोयर एयरफोर्स यो क्रममा पाँचौं स्थानमा छ । यो संसारको सबैभन्दा पुरानो वायुसेना हो । अहिले यसको सैन्य स्थिती यस्तो छ ।

कुल विमानः १,००४

लडाकू विमानः २४०

सैनिकः ४१,३००

६. पिपल्स लिबरेशन आर्मी वायुसेना, चीनः

चीनि वायुसेनाको वास्तविक क्षमताको सही जानकारी हाँसिल गर्न मुश्किल छ । एक अनुमान अनुसार यतिबेला यसको स्थिती यस प्रकार छ ।

कुल विमानः २५००

लडाकू विमानः २०००

सैनिकः ३,३०,०००

७. फ्रान्स वायुसेनाः

हुन त आफ्नो वायुसेनाको शक्तिको विषयमा फ्रान्स सधैं अग्रणी देशमा समावेश रहेको छ । तर पछिल्ला केही वर्षदेखि यो देश आफ्नो सैन्य शक्तिमाथि कम खर्च गरिरहेको छ जसको असर वायुसेनामा पनि असर पर्छ । यतिबेला त्यतिबेला वायुसेनाको शक्ति यस्तो प्रकारको बताइन्छः

कुल विमानः ४००

लडाकू विमानः ३००

सैनिकः ५८,९००

८. जर्मन वायुसेनाः

प्रारम्भमा ल्यूवफ्टवेकको नामले यो वायुसेवा जर्मनीको सशस्त्र सेनाको सहायक इकाई थियो जसलाई अब जर्मनको वायुसेनाको रुपमा चिनिन्छ । यो एक सम्पन्न वायुसेना हो जोसँग पर्याप्त विमान छ तर त्यसमा कति लडाकू विमान छ भन्ने सही जानकारी सार्वजनिक भएको छैन ।

कुल विमानः १,१९,८७१

लडाकू विमानः थाहा छैन

सैनिकः ३,४००,०००

९. अष्ट्रेलियाली वायुसेनाः

अष्ट्रेलियाको वायुसेना संसारको दोस्रो पुरानो सेना हो जो दोस्रो विश्वयुद्धपछि तिब्र रुपमा विकसित भएको थियो । यतिबेला यसको वायुसेना स्थिती यस्तो प्रकारको छः

कुल विमानः २७५

लडाकू विमानः १००

सैनिकः १८,३०७

१०. जापनी वायुसेनाः

चीनसँगको लगातारको विवादका कारण जापानले आफ्नो सेनालाई निकै बलियो बनाएको छ । त्यसकारण यसको वायुसेना पनि निकै सशक्त भएको छ ।

कुल विमानः ८०५

लडाकू विमानः ४२४

सैनिकः ४५,०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप