मेचीदेखि मावासम्म सडक अतिक्रमण
झापा, २ जेठ । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दमकस्थित मावा खोलादेखि मेचीनगरको मेची खोलासम्मको ५५ किलोमिटर सडक अतिक्रमण हँुदासमेत सडक डिभिजन कार्यालय बेखबर छ ।
तीन वर्षअघि सडक डिभिजन कार्यालय दमकले सडक अतिक्रमण हटाउन सुरु गरे पनि त्यसयता सडक अतिक्रमण रोक्ने कार्य हुन सकेको छैन ।
झापाका प्रमुख व्यापारिक केन्द्र बिर्तामोड, दमक, काँकडभिट्टा, सुरुङ्गा, केर्खालगायतका ठाउँमा सडक अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, अस्थायी तथा स्थायी संरचना बनाउने, बालुवा गिट्टी थुपार्ने गरिएको छ जसका कारण दिनानुदिन सडकमा हिँड्ने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । त्यसमाथि सवारी दुर्घटनाको जोखिम बढेर गएको छ । धेरैजसो अस्थायी रुपमा व्यापार व्यवसाय गर्नेले सडक मिचेको पाइएको छ । पछिल्लो समयमा स्थायी प्रकृतिका संरचना बन्न थाले पनि सडक डिभिजन कार्यालयले चासो दिएको छैन ।
सडक अतिक्रमण गरेर ढोका बनाउने तथा तुल टाँग्ने काम हुँदासमेत कार्यालय बेखबर बनेको सरोकारवालाले बताएका छन् । यसो गर्न सडक कार्यालयले अनुमति दिनुपर्ने व्यवस्था रहेको छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले सडक अतिक्रमणको विषयमा आफूहरुको ध्यान गएको भए पनि अहिले अन्य कामको व्यस्तताले त्यो विषयमा समय दिन नसकिएको बताउनुभयो । भदौ या असोजमा प्रशासनसँग समन्वय गरेर अतिक्रमण हटाउन अभियान चलाइने उहाँको भनाइ छ । उहाँका अनुसार सडक अतिक्रमण गरेर बनाएका सबै संरचना भत्काइने छ ।
सार्वजनिक सडक ऐन, २०३१ मा सडक अतिक्रमण गर्नेलाई कारबाही गर्ने व्यवस्था रहेको छ । सडक अतिक्रमणका कारण दिनहँु दुर्घटना हुने गरेको भए पनि सडक डिभिजन कार्यालयले भने यसलाई सामान्य रुपमा लिँदै बेवास्ता गरेको पाइएको छ ।
पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको बिर्तामोड अहिले सबैभन्दा बढी सडक अतिक्रमणको चपेटामा परेको छ । बिर्तामोडमा स्थानीय व्यापारीदेखि घर निर्माणकर्ता र फुटपाथमा व्यवसाय सञ्चालन गर्नेले सबैभन्दा बढी सडक अतिक्रमण गरेका छन् । ठूलाठूला व्यापारिक महल बनाउनेले सवारी पार्किङ एरिया नबनाई सडकलाई नै पार्किङ स्थल बनाएका छन् । यति हुँदासमेत स्थानीय प्रशासन बेखबर छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले सडक डिभिजन कार्यालय र नगरपालिकाले सहयोग नगरेका कारण सडक अतिक्रमण हटाउन नसकिएको बताए ।
यता बिर्तामोड नगरपालिकाले पनि सडक अतिक्रमण र फुटपाथ हटाउने विषयमा कुनै चासो दिएको छैन । व्यापारिक प्रयोजनका लागि निर्माण गरिएका भवन वा कार्यालयमा आउने सेवाग्राहीले सडकमा पार्किङ गर्ने गरेका छन् । कतिपय सपिङ मलले अन्डर ग्राउन्ड पार्किङ भन्दै सपिङ मल बनाए पनि सडकलाई नै पार्किङ स्थल बनाएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण