स्थानीय चुनाव जित्ने जनप्रतिनिधिले सपथ लिने बाटो खुल्यो
काठमाडौं, जेठ २–निर्वाचन आयोगले निर्वाचित स्थानीय तहका प्रतिनिधिको सपथ सम्बन्धमा देखिएको अन्योलताबारे निर्णय लिएको छ । व्यवस्थापिका संसदमा विचाराधिन रहेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नहुँदा जनप्रतिनिधिको सपथमा कानुनी अ्ड्चन देखिएपछि आयोगले निकास निकालेको हो ।
आयोगले स्थानीय तह निर्वाचन नियमावलीमा संसोधन गरी सपथलाई खुल्ला गरेको हो । स्थानीय तह निर्वाचन नियमालीमा निर्वाचित जनप्रतिनिधिको सपथ स्थानीय तहको शासन सञ्चालन ऐन अनुसार गरिने छ भन्ने उल्लेख छ । सो ऐन नबनेकाले आयोगले स्थानीय तह निर्वाचन नियमावलीको सो प्रावधानमा संसोधन गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
व्यवस्थापिका संसदमा विचाराधिन विधेयकको धारा १७ मा अध्यक्ष तथा प्रमुखले निर्वाचित भएको मितिले ७ दिन भित्र जिल्ला न्यायाधीश समक्ष सपथ लिनुपर्ने उल्लेख छ ।
त्यसैगरी उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सभाका सदस्यले १० दिन भित्र अध्यक्ष तथा प्रमुख संग सपथ लिनुपर्ने व्यवस्था छ । यसैबीच, बैशाख ३१ गते निर्वाचन नभएका चितवनको कालिका नगरपालिका वडा नम्बर ११ र सल्यानको कुमाखमालिका गाउपालिका वडानम्बर १ मा मंगलबार मतदान भईरहेको आयोगले जनाएको छ ।
त्यसैगरी काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १२ मा बुधबार र हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ मा विहिबार मतदानका लागि समय तोएिको छ । बांकी स्थानमा पनि मतदानको मिति छिट्टै तोकिने छ ।
आयोगले मतपत्र ठुलो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको भन्दै एक हप्ता भित्र सबै मत परिणाम आउने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण