राप्रपाः झापाका सबै नगरपालिकामा उम्मेदवार तय
भद्रपुर, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ ।
सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, दमक प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ, अर्जुनधारा प्रमुखमा छविलाल लम्साल र उपप्रमुखमा छनोट हुन बाँकी तथा गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए ।
बिर्तामोड–१ मा सबै उम्मेदवार महिला
राप्रपा झापाले बिर्तामोड नगरपालिका–१ मा सबै उम्मेदवार महिला मात्र बनाएको छ ।
सोअनुसार वडाध्यक्षमा शारदा रिजाल तथा वडा सदस्यमा मुना विष्ट, सीता काफ्ले, सुचित्रा अधिकारी र मीना विश्वकर्मा उम्मेदवार छन् ।
यसैगरी बिर्तामोड प्रमुखका लागि भक्ति सिटौला र उपप्रमुखमा लीला अनमोललाई उम्मेदवार बनाइएको राप्रपाका महामन्त्री लिङ्देनले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण