एक साताभित्र सबै मतपरिणाम आउने निर्वाचन आयोगको दाबी
मङ्गलबार, ०२ जेठ २०७४, १५ : २७
काठमाडौं, जेठ २– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको भनि चौतर्फी गुनासो भइरहेको बेला निर्वाचन आयोगले भने एकसाताभित्रै सबै परिणाम आइसक्ने दाबी गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र ठुलो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको भन्दै एक हप्ता भित्र सबै मत परिणाम आउने दाबी गरे ।
यसैबीच गुनासाे सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण