मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तारकेश्वर–१ मा एमाले विजयी

मङ्गलबार, ०२ जेठ २०७४, १५ : २८
मङ्गलबार, ०२ जेठ २०७४

काठमाडौँ, २ जेठ । तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ ।

एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का भरत भट्टले २८५ मत प्राप्त गरेका थिए । नगरका निर्वाचन अधिकृत निर्मला योङ्याका अनुसार नगरपालिकाका वडा नं २ र वडा नं ३ को मतगणना जारी छ ।

त्यसैगरी नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहोराले ७८७, काँग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गरेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप