यस्तो छ, म्याग्दी बाबियाचौरको चुनावी नतिजा
मङ्गलबार, ०२ जेठ २०७४, १८ : ५०
बाबियाचौर (म्याग्दी), जेठ २ – म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा (एमाले) , राप्रपाको प्यानलका चार र नेपाली काँग्रेसका एकजना उम्मेदवार विजयी भएका छन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापाले ६३२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९२, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यमा एमालेकी एमालेकी डिलकुमारी घिमिरे ६६७, गौमती नेपाली ६२०, खुल्ला सदस्यमा राप्रपाका चन्द्र कुँवर ५५८, काँग्रेसका डम्मरबहादुर पोखरेलले ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसैगरी बेनी नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर निर्वाचित हुनुभएको छ । वडाध्यक्षमा नेपाली काँग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा स्वतन्त्रका रत्नबहादुर जिसी ४६१, एमालेका गेमबहादुर घर्तिमगर ४९५, महिला सदस्यमा एमालेकी मनकुमारी पुन ४६४, दलित महिला सदस्यमा हरिकला दमाईंले ४६० मत ल्याएर विजयी हुनुभएको छ ।
बेनी नगरपालिकाको १, २ र ३ वडाको मतगणना गर्दा प्रमुखमा एमालेका प्रमोद श्रेष्ठको एक हजार ९२६ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवालले एक ५४६ र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेलले एक हजार १०८ मत प्राप्त गर्नुभएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण