राष्ट्रपति भण्डारी आज स्वदेश फर्कने
मङ्गलबार, ०२ जेठ २०७४, १५ : ००
शीतलप्रसाद महतो
कोलोम्बो (श्रीलङ्का), जेठ २ – श्रीलङ्का र थाइल्यान्ड गरी पाँचदिने औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी आज आफ्नो भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु हुने भएको छ ।
गत वैशाख २९ गते थाइल्यान्डको बैङ्कक पुग्नुभएकी राष्ट्रपति भण्डारी सोही दिन साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा मल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।
भ्रमणको दोस्रो दिन श्रीलङ्काली समकक्षी राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी थाइल्यान्डबाट श्रीलङ्काको राजधानी कोलोम्बो जानुभएको थियो ।
बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाएको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभयो ।
श्रीलङ्कामा भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेना, पूर्वराष्ट्रपति चन्द्रिका बन्दारानायकेसँग भेटवार्ता गर्नुभयो ।
भ्रमणको क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थिधातुको दर्शन गर्नुका साथै श्रीलङ्काले आयोजना गरेकोे संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रुपमा वैशाख ३१ गते सम्बोधन गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारी यहाँस्थित बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलङ्कन एयरलाइन्सको विशेष विमानबाट भारतको राजधानी नयाँदिल्ली हुँदै नेपाल एयरलाइन्सको विमानबाट बेलुका स्वदेश फर्कनु हुने कार्यक्रम छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण