प्रधानसेनापति क्षत्री आज अमेरिका जाँदै
बुधबार, ०३ जेठ २०७४, ०९ : ११
काठमाडौँ - प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गतका कमान्डिङ जनरल रवर्ट बी ब्राउनको निमन्त्रणामा अमेरिकाको चारदिने औपचारिक भ्रमणमा आज त्यसतर्फ जाँदैछन् ।
भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीद्वारा अमेरिकामा रहँदा जनरल ब्राउन र मेजर जनरल क्रिस्टोफर क्याभोलीसंग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति क्षत्रीले अमेरिकी सेनाका विभिन्न एकाइद्वारा प्रस्तुत हुने व्रिफिङ तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नेछन् ।
अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति क्षेत्रीले प्रशान्त क्षेत्रको वायुसेनाका प्रमुख, विशेष परिचालन प्रमुखलगायतका उच्च सैनिक अधिकारीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ ।
उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देशबीच लामो समयदेखि रहँदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा अमेरिकी सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु प्रगाढ हुनजाने नेपाली सेनाले विश्वास लिएको छ ।
प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी बलदेवराज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधान सेनापति क्षत्री यही जेठ १२ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण